site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
कसले कहाँ जित्यो, कहाँ कुन दल अगाडि ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म सबैभन्दा धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा १३ प्रतिनिधिसभामा जित हासिल गरेको छ ।

काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म खाता खोल्न सकेको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने एक स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । 

नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र

१– योगेश गौचन थकाली, मुस्ताङ

२– टेकबहादुर गुरुङ, मनाङ

३– प्रकाशमान सिंह, काठमाडौं–१

४– गगन थापा, काठमाडौं ४

५– प्रदिप पौडेल काठमाडौं ५

६– मोहन आचार्य रसुवा 

७– उदयशमशेर जबरा ललितपुर १

८– सन्तोष चालिसे काठमाडौं ३

९– शंकर भण्डारी तनहुँ २

१०– शेरबहादुर देउवा डडेल्धुरा 

११– राजेन्द्रकुमार केसी काठमाडौं १०

१२– रमेश रिजाल पर्सा ४

१३– हृदयराम थानी, सुर्खेत २

नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु 

१– प्रेमबहादुर महर्जन ललितपुर २

२– अम्बरबहादुर रायमाझी उदयपुर २

३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९

राष्ट्रिय स्वतन्त्र पार्टी 

१– गणेश पराजुली काठमाडौं ७ 

२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८ 

३– सोविता गौतम–काठमाडौं २

एकीकृत समाजवादी

१– शेरबहादुर कुँवर अछाम १

राप्रपा

१–धवलशमशेर जबरा बाँके २

नागरिक उन्मुक्ति पार्टी

१– गंगाराम चौधरी कैलाली ३

अहिले पछिल्लो विवरणअनुसार कम्तिमा ४२ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ ।  नेकपा एमालेलाई पछ्याउँदै कांग्रेसले ४० स्थानमा अग्रता लिइरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अझै पाँच स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले १६ स्थानमा अग्रता हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, लेखनाथ दाहाल, माधव सापकोटा,देवेन्द्र पौडेललगायतका नेताले अग्रता हासिल गरेका छन् ।

माओवादी केन्द्रले अहिलेसम्म खाता खोल्न सकेको छैन । माओवादी केन्द्र अहिलेको सत्ता साझेदार पार्टी हो ।

त्यसैगरी कांग्रेसले अग्रता लिएका नेताहरुमा रामचन्द्र पौडेल तनहुँ, पूर्णबहादुर खड्का सुर्खेत, शशांक कोइराला नवलपुर, शेखर कोइराला मोरङ, सुरेन्द्र चौधरी सिरहा, बालकृष्ण खाँण, रामहरि खतिवडा, दुर्लभ थापालगायतका नेताहरुले अग्रता लिइरहेका छन् ।

नेकपा एमालेका नेताहरु गोकर्ण विष्ट, सूर्यबहादुर थापा, भगवती चौधरी, दामोदर भण्डारी, ठाकुर गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा,रघुबीर महासेठ, विद्या भट्टराई ऋषिकेष पोखरेल, बलराम अधिकारीलगायतका नेताहरुले अग्रता लिएका छन् । 

एकीकृत समाजवादीमा माधवकुमार नेपाल, प्रेमबहादुर आले, किसान श्रेष्ठ, राजेन्द्र पाण्डे, मेटमणि चौधरीले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्कीलगायतका नेताहरुले अग्रता लिइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म एक सिटमा जित हासिल गरेको छ । कैलाली र बर्दियाका तीन क्षेत्रमा सो पार्टीका उमेदवारहरुले अग्रता लिएका छन् ।

राप्रपाले पनि एक स्थानमा जित हासिल गरेको छ भने अहलिे चार स्थानमा अग्रता लिइरहेको छ ।

राप्रपाका विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देनलगायतका नेताहरुले अग्रता हासिल गरेका छन् ।

त्यसैगरी अहिले जनमत पार्टीले पनि दुई स्थानमा अग्रता हासिल गरेको छ । सीके राउतले सप्तरी र विनोदकुमार यादवले सिराहाबाट अग्रता लिइरहेका छन् ।
 

 


 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्