राजनीति
काठमाडौं । काठमाडौं–२ ‘क’बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशतर्फको खाता खोलेको छ ।
राप्रपाका उमेदवार सुनिल केसी ६ हजार ५९८ मतसहित निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ ५ हजार ७९ मतसहित निकटतम प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी यसै क्षेत्रबाट निर्वाचित भएर वाग्मती प्रदेशसभाको सभामुखसमेत भएका थिए ।
यो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार धु्रव केसी ३ हजार ८४५ मतसहित तेस्रो भएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १३:४९
प्रतिक्रिया दिनुहोस्