site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई पूर्वलडाकु पक्राउ
प्रतीकात्मक तस्बिर।

धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा आज (मंगलबार) भट्टकै निवासमा पुगेर ज्यान मार्ने धम्की दिएका सोही स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक रहेका छन् ।

ती दुवैजना भट्ट निवासमा पुग्दा उनी भने घरमा थिएनन् । 

“भट्टको घरमा पुगेर धम्की दिएपछि नियन्त्रणमा लिएका छौँ,” इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टले भने, “पक्राउ परेका दुवैजना पूर्वलडाकु हुन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro