site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
बाजुरामा प्रहरीको गोली लागेर दुईजना गम्भीर घाइते

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ मा प्रहरीको गोलीबाट दुइजना गम्भीर घाइते भएका छन् ।

एकजनाको मृत्यु भएको बताइए पनि पुष्टि हुन भने सकेकाे छैन । त्रिवेणी नगरपालिका–७ मा मतगणना सकिएर मतपेटिका थन्क्याउँदै गर्दा बाहिरबाट प्रहरीले गोली चलाएको थियो ।

स्थानीयका अनुसार सञ्जीव अएडीको छातीमा गोली लागेको थियो । सोही स्थानमा परशुराम उपाध्यायलाई समेत गोली लागेको छ । उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।

*सच्याइएको ।

यसअघिको समाचारमा मृत्यु भएको बताइए पनि प्रहरीले पुष्टि हुन बाँकी रहेको जानकारी गराइएकाले सच्याइएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्