site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिर्तामोडमा मतपत्र च्यात्ने एकजना पक्राउ 

विराटनगर । झापा बिर्तामोडमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका छन् । स्थानीय देवी मावि मतदान केन्द्रमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं ५ किराँत चोक बस्ने ४८ वर्षीय भूपेन्द्र खतिवडा छन् । 

उनलाई मतदान केन्द्रबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । 

खतिवडाले प्रत्यक्ष र समानुपातिक मतपत्रमा मत हालेर प्रदेशसभाको प्रत्यक्षतर्फको मत च्यातेका थिए । उनी‌ मदिरा सेवन गरी मतदान गर्न आएका थिए । 

मतपत्र च्यात्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro