site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समृद्धि र सुशासनको पक्षमा काम गर्नेलाई मतदान : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ स्थित सीतापाइला मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आइतबार बिहान मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उमेदवारहरूलाई मतदान गर्न आग्रह गरे । मतदानको अधिकार संविधानले दिएको भन्दै उनले सबैलाई आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गरे ।

उनले भने, “जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउन सक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिन सक्छ, त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । कानुनी जिम्मेवारी पनि हो । संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन ।”

एकै चरणमा आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदै छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro