site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४६ जनाद्वारा रक्तदान 
Tiktok banner adTiktok banner ad

ड्यालस (अमेरिका) ।  हिमालय खबर अनलाइन सहित चार संस्थाहरुको संयुक्त आयोजनामा शनिबार टेक्ससको युलेसमा भएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । 

हिमालय खबर, सिटी अफ युलेस, ब्लड डोनर्स अमेरिकाको आयोजना र अमेरिकी रेडक्रसको संयोजनमा भएको रक्तदानमा उल्लेख्य रुपमा सहभागिता रह्यो । रक्तदानका लागि ५९ जनाले दर्ता गराएका थिए । ती मध्य रक्तदानस्थलमा उपस्थित भएका ४६ जनाले रक्तदान गरेका हुन् । 

कार्यक्रममा रक्तदाताहरुलाई युलेस सिटीकी मेयर लिण्डा मार्टिनले प्रमाणपत्र प्रदान गरेकी थिइन् । उनले रक्तदान जस्तो मानवीय सेवाको कार्यमा संलग्न हुन पाउँदा खुशी लागेको बताइन् । त्यस अवसरमा ब्लड डोनर्सका पूर्ब अध्यक्ष डा. नन्द रेग्मी, टेक्सस शाखा अध्यक्ष अजय बगाले, सिटी काउन्सिल सदस्यहरु टीका पौडेल, इडी प्राइस, टिम स्टिन्फोर्ड, लाइब्रेरी डाइरेक्टर सेरी नाइट, हिमालय खबरका प्रवन्ध सम्पादक विकास राज न्यौपाने, शिव काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

us2.JPG

यसअघि कार्टर ब्लड सेन्टरसँग मिलेर रक्तदान हुने गरेकोमा पहिलोपटक रेडक्रससँग रक्तदान गरिएको हो । कार्यक्रममा नेपाली समुदायका अग्रजहरु समेतको सहभागिता थियो । 

us3.JPG

टेक्ससको युलेसमा प्रधान कार्यालय रहेको हिमालय खबरले सामाजिक उत्तरदायित्व अन्तरगत अन्य तीन संस्था समेतको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा हिमालयखबरका कार्यकारी व्यबस्थापक विशाल शर्माले सिटीसँग मिलेर आगामी दिनमा अझै रचनात्मक र समुदायलाई फाइदा पुग्ने कार्यक्रम गर्न चाहेको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro