site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मंगलबार गृहसचिवस्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । 

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । 

सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

Royal Enfield Island Ad

सीसीटीभीसम्बन्धी कार्यविधिमा सार्वजनिक कार्यालयका सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय अर्थ मन्त्रालयले १३ दिन मात्र सीसीटीभी फुटेज सुरक्षित रहने बताएपछि गृहमन्त्रालयले निर्देशन नै दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro