site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इनरुवा नगरपालिकाको काम १० दिनदेखि ठप्प

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । १० दिनयता करारका कर्मचारीहरू जनप्रतिनिधिले आफ्ना मान्छेबाहेक अरूलाई निकालेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प भएको छ । उनीहरू आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ ।

कार्य मूल्यांकनको आधार देखाउँदै ५७ कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्कासनमा परेका कर्मचारीहरूले आन्दोलन गरिरहेका छन् । निष्कासनमा परेका कर्मचारीहरूले राजनीतिक स्वार्थ र पहुँचका आधारमा आफ्नाबाहेककालाई हटाइएको आरोप लगाएका छन् ।

नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यकता नपरेकाले हटाएको बताए । उनले नगरपालिकाले आर्थिक भार व्यहोरेर ठूलो संख्यामा कर्मचारी राख्न नसक्ने उल्लेख गरे । करार म्याद थप नहुने उनको भनाइ छ ।

नगरपालिकाले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि लागु हुने गरी ५७ कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाए पनि करार सेवाकै ७९ कर्मचारीको भने म्याद थप गरेको छ ।

विवाद समाधानका लागि भन्दै मेयर भण्डारीले यही साउन २० गतेसम्मको समय मागेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro