site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । नवलपरासी, सर्लाही र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका २ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सरावल गाँउपालिका १ सालबासका ५३ वर्षिय ओमनाथ फौहदार छन् । उनको चौपत्तास्थित शहिद स्मृती सामुदायिक अस्पताल उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

 सर्लाहीको बलरा नगरपालिका ७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । 

बेलुकी साढे ८ बजे, भारतीय नम्बरको दुईवटा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ वर्षीय शंकर पासवान र २७ वर्षीय रोशन पासवान भेटिएका थिए । दुवै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ सिउटीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाइते भएका थिए । विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको हो । घाइते भएका चालक आवाशको भने लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ । हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro