site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ । 

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको हात्तिगौडा बस्ने सिन्धुपाल्चोकका २६ वर्षीय सन्तोष बन्जारालाई महाराजगंजबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले जानकारी दिइन् । 

सन्तोषले मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले बा८३प ९२८१ नम्बरको २२० पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी बा८४प ६९०७ राखेका थिए । 

उक्त मोटरसाइकल काठमाडौं रामहिटीस्थित घरमा पार्किङ गरी राखेको ठाउँ बाट हराएको भन्दै धिरोज रसाईलीले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

पक्राउ परेका व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक कार्यालयले पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भइ हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान चलाइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro