site stats
बाह्रखरी :: Baahrakhari
देश
४१ जिल्लामा देखियो कोरोना, काठमाडौंमा थप २९५ जनामा संक्रमण

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २९५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार ४१९ पुगेको छ ।

आज ४१ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् ।

आज देशभर रहेका तीन हजार ५३४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ४०७ जना होम आइसोलेसनमा र १२७ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये २७ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:५५