site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनार्दन शर्मासित तीन घण्टा सोधपुछ, बाहिर आएर भने– भित्र बोलिसकेँ

काठमाडौं । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासित करिब तीन घण्टा सोधपुछ गरेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाकक्षमा सोधपुछ गरिएको हो ।

उक्त छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीलाई खासै प्रतिक्रिया दिएनन् । उनले आफूले समितिमा सबै कुरा राखेको बताए । “मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु । बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ,” उनले भने ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । आरोपबारे छानबिन गर्न ११ सदस्यीय उक्त समिति गठन गरिएको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro