site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दन शर्माको बयान– सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीलाई जानकारी हुँदैन 

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् ।

बजेट निर्माणका बेला बाहिरी व्यक्तिको प्रवेश भएर करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो ।

Argakhachi Cement Island Ad

समितिले अहिले शर्मासँग बयान लिइरहेको छ ।

समितिको बैठकमा उपस्थित शर्माले भित्रबाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताएका छन् ।

“बाहिरको मान्छे पस्ने सम्भावना नै छैन,” उनले भने, “सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन ।”
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्