site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रका लागि घात गरेको छैन : जनार्दन शर्मा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको बताएका छन् । संसदीय विशेष छानबिन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले गएको जेठ १४ गते मध्यराति अस्वाभाविक रूपमा करको दरमा हेरफेर नगरिएको जिकिर गरे । “करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन,” शर्माले बैठकमा भने ।

Prabhu Bank
Agni Group
NIC Asia

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मासित समितिले छलफल गरेको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय उक्त समिति गठन गरिएको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।

Global Ime bank

आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने तयारी पनि गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement