site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रसुवाको आमाछोदिङमो गाउँपालिकामा कांग्रेस निर्वाचित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस निवार्चित भएको छ ।   

पालिका अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ १ हजार ४३० मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का फुर्पुसिगी तमाङले १ हजार ३४५ मत प्राप्त गरेको जिल्ला निवार्चन कार्यालयले जनाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)का फुर्पु तेन्जेन तामाङले १ हजार १२५ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकै भण्डिका तमाङ १ हजार ३८१ मतसहित निवार्चित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की नविना तमाङले १ हजार २२३ र नेकपा (माओवादी केन्द्रका पासाङ फेल्मो तमाङले १ हजार ९९ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०५:२५
प्रतिक्रिया दिनुहोस्