राजनीति

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) निवार्चित भएको छ ।
पालिका अध्यक्षमा मोआवादी केन्द्रका पुनीराज घर्ति ३ हजार ९९३ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजेन्द्र खान मगरले २ हजार ११३ मत प्राप्त गरेको जिल्ला निवार्चन कार्यालयले जनाएको छ । यस्तै नेकपा (एमाले)का वागलाल बुढाले १ हजार ८५२ मत प्राप्त गरे ।
उपाध्यक्षमा मोओवादी केन्द्रकी भुपेन्द्रा बुढा ४ हजार ५९ मतसहित निवार्चित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० मत र नेकपा एमालेकी धर्म घर्ति बुढाले १ हजार ८१२ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०५:१६
प्रतिक्रिया दिनुहोस्