राजनीति
1652646069.jpg)
काठमाडौं । अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।
पालिका अध्यक्षमा कांग्रेसका प्रकाश बहादुर साउँद ३ हजार १८१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का धर्म बहादुर शाहीले २ हजार ५५५ मत प्राप्त गरेको जिल्ला निवार्चन कार्यलयले जनाएको छ । नेकपा (एकीकृत समाजवादी) का शेर बहादुर बुढाले १ हजार ५९० मत प्राप्त गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी नेत्रकला देवी शाही ३ हजार १०० मतसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी माया देवी बुढाले २ हजार ५७३ र नेकपा (एकीकृत समाजवादी) की देभकला चलाउने (खत्री) १ हजार ५७८ मत प्राप्त गरीन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०५:११
प्रतिक्रिया दिनुहोस्