site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रोल्पा नगरपालिकामा कांग्रेसभन्दा दाेब्बर मतले माओवादी विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दोब्बर बढी मतान्तर सहित निवार्चित भएका छन् । 

माओवादीका सुरेन्द्र थापा (घर्ति) ७ हजार ६०३ मतसहित निर्वाचित भएको जिल्ला निवाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेर बहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमदेवार घनश्याम आचार्यले ५२४ मत प्राप्त गरेका छन् ।  

नगरपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता आचार्य ७ हजार ७७१ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी कृष्ण कुमारी गौतमले ४१९ मत प्राप्त गरिन् ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्