राजनीति

काठमाडौं । निर्वाचन आयोगले समयमै मतगणना कार्य सक्न निर्देशन दिएको छ । सकेसम्म धेरै टोली बनाई मतगणना कार्य पूर्व निर्धारित समयमै सक्न आयोगको निर्देशन छ ।
उपलब्ध स्थान र कर्मचारी अनुसार मतगणना धेरैभन्दा धेरै स्थानमा गर्न आयोगले भनेको छ । अनावश्यक विषयमा विवाद झिकेर गणना प्रभावित पार्ने काम भएकोप्रति ध्यानाकर्षण भएकोभन्दै आयोगले कर्मचारी तथा दलका प्रतिनिधिलाई अनावश्वयक विवाद सिर्जना नगर्न भनेको छ ।
आयोगले जेठ ५ गतेभित्र मतगणना सक्ने भनेको छ । तर, महानगरपालिकाहरूमा मतगणनाको गति सुस्त छ । यही गतिमा गणना भए पाँच गतेसम्म महानगरको मतगणना आधी पनि नहुने देखिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०४:४३
प्रतिक्रिया दिनुहोस्