राजनीति

काठमाडौं । धनकुटाको चौविसे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा राज कुमार लिम्बू ५ हजार ३८ मतसहित निर्वाचित भएको जिल्ला निवार्चन कार्यालयले जनाएको छ । उनको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का दल बहादुर मगरले ३ हजार ९९१ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकी टंक माया पङमी निवार्चित भएकी छन् । उनले ४ हजार ९३ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मंगल कुमार लिम्बूले ३ हजार ९८ मत प्राप्त गरे ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०४:३०
प्रतिक्रिया दिनुहोस्