site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेन्छयायेमको अध्यक्षमा  एमाले, उपाध्यक्षमा कांग्रेस निर्वाचित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निवार्चित भएका छन् ।  

अध्यक्षमा एमालेका यादव बहादुर खापुङ्ग २ हजार ५५ मतसहित निर्वाचित भएको जिल्ला निवार्चन कार्यालयले जनाएको छ । उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका धन कुमार लिम्बूले २ हजार २१ मत प्राप्त गरे ।   

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी गीता देवी तिम्सिना निर्वाचित भएकी छन् । उनले १ हजार ९८६ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी प्रेमलता घिमिरेले १ हजार ९७४ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०४:२५
प्रतिक्रिया दिनुहोस्