राजनीति

काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिको नगरप्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।
नगर प्रमुखमा एमालेका सञ्जय कुमार तुम्वाहाङफे ५ हजार ११७ मत सहित निर्वाचित भएको जिल्ला निवार्चन कार्यलयले जनाएको छ । सञ्जय कुमार म्याङलुङ नगरपालिको निवर्तमान नगरप्रमुख पनि हुन् । उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन बहादुर तुम्वाहाङफेले ४ हजार ४७८ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमनलेकै जमूनादेवी सुवेदी ५ हजार २१० मत सहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०४:१०
प्रतिक्रिया दिनुहोस्