site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खिल परेको घाउ

आशन्न स्थानीय तह निर्वाचन महिला र सीमान्त वर्गका लागि कागलाई बेल भएको छ । गठबन्धनका नाममा दलहरुले फेरि पनि महिलालाई पछाडि छोडेका छन् । गठबन्धनका नाममा महिलालाई पाखा लगाउनेमा ठूला भनिएका कुनै दल बाँकी छैनन् ।

देखिनेगरी यतिसम्म गर्नेहरुले पर्दा पछाडी केसम्म गर्छन् होला सहजै अनुमान लगाउन सकिन्छ ।  

मात्रामा धेरथोर भए पनि सबै दलबाट अन्याय भएकै छ । द्वन्द्वका समयमा यौन हिंसामा परेका, पति गुमाएका वा बेपत्ता पारिएका र घाइते अपाङ्गता भएकाको कहीँ कतै लेखाजोखा गरेको देखिएन । मनमा खिल परेको घाउ बोकेर पीडासँगै जिउन बाध्यहरुलाई अवसरका समयमा खोजिएन । यतिबेला खाटा लागेका महिलाका घाउ फेरि कोट्याइएको छ र मन दुखाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लेखिएका अधिकार अनेकँैं बहानामा खोसेर महिलामाथिको अघोषित अपराध गरेका दलहरुले आत्मालोचना गर्दै अवसरका समयमा परिवार, नाता र आफन्तसँगै आर्थिक पाटोहरु छोड्न सक्नुपथ्र्याे । आफ्नो बिरासत फर्काउन र जोगाउन भन्दै गरिने कृपावादले समाजलाई यसैगरी जकडिरहने हो भने भनिएको समानता र समतामा पनि तुवाँलो लागी नै रहनेछ । 

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ८३ जना उम्मेदवार छन् ।

Global Ime bank

त्यसमध्ये ५५ हजार ७ सय १५ जना महिला छन् । संविधान र कानुनले गरेको बाध्यात्मक व्यवस्थाबाहेक नेतृत्व तहमा महिला उम्मेदवार कम छन् । सबै राजनीतिक दलबाट गरी प्रमुख, अध्यक्ष र वडाध्यक्ष पदमा १ हजार ३ सय ३२ जना महिलाको उम्मेदवारी परेको छ । विसं २०७४ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका विभिन्न पदमा गरी १४ हजार ३ सय ५३ जना महिला निर्वाचित भएका थिए ।

हिजोको स्थानीय सरकारहरुले भौतिक विकास बाहेक जनजीविकामा प्रभाव पार्नेगरी खासै गतिलो भूमिका खेल्न नसकेको तथ्य छर्लङ्गै छ । विकासको अमूर्त विषयलाई गोलमोटल गर्दै सडकमा महिला, बालबालिका, सीमान्तकृत समुदाय सबै हिँड्छन् भन्दै विगतमा लक्षित बजेटसमेत पुर्वाधारमा खर्च गरिएको तथ्यलाई बिर्सन सकिँदैन । उतिबेला भएको बेइमानीलाई आज पनि गलत भन्ने चेष्टा कसैले गरेका छैनन् ।

‘सर्पको खुट्टा सर्पले देख्छ’ भन्ने पुरानो उखान त्यसै बनेको हैन । आधाभन्दा बढी जनसख्या भएका महिलाको समस्या महिलाले नै देख्छन् र समाधानका पाटो औल्याउँछन् भन्ने तथ्य भुलेका पुरुषवादी सोचले अवसरका समयमा घातमात्र गर्छन् । त्याग र लगानीमात्र नभएर जीवनका विभिन्न कालखण्डमा अलग अलग भूमिका निर्वाह गर्न सक्ने महिलालाई कमजोर ठान्ने प्रवृत्ति सबैले त्याग्नु जरुरी छ । 

‘बत्तीमुिन अँध्यारो’ भने जस्तै सबै अवसरमा घरभित्रका चेलीलाई पाखा लगाएर गरिएका पछिल्ला राजनितिक घटनाक्रम र व्यवहारले महिलालाई दुखाएको छ । परिवारसँगको सहकार्य वा विद्रोहसम्मका यात्रा छिचोलेर गरिएको राजनीति अवसरका समयमा छिनिएपछि धेरै महिलाहरु रुष्ट र असन्तुष्ट बनेका छन् ।

कहव्ँ कतै त निर्वाचन खर्च नभएको बहानामा समेत महिलालाई अवसरबाट वञ्चित गरिएको तथ्य बाहिर आएको छ । चुनावमा हुने खर्चको जोहो गर्न सक्दैनस् भन्दै त्यागलाई तिलाञ्जलि दिइएको हो । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा महिलालाई होच्याएर, अपमानित गरेर भए पनि यो निर्वाचन दैलोमा आएको छ । नहुनुपर्ने भइसकेको अवस्थामा महिला र महिलावादी सोच भएका सबैले हाम्राभन्दा राम्रा र भएसम्मका स्थानमा महिलालाई मतदान गरी जिम्मेवारी दिन सकेमा पनि केही न्याय हुनेछ । 

(जिल्ला संयोजक, ओरेक, रुकुम )

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC