site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीलाई माओवादी बराबर ‘भाग’ !

काठमाडौं । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीलाई एक महानगरपालिकाको नेतृत्व दिइने भएको छ ।

पाँच दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा उमेदवारी दिनेछ भने काठमाडौंमा उपप्रमुखमा उमेदवारी दिनेछ ।

हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पनि एकीकृत समाजवादीले गर्नेछ । 

त्यस्तै इटहरी, बुटवल र तुलसीपुरमा उपमहानगरमा उपप्रमुख दिने सहमति भएको छ । सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

Global Ime bank

एकीकृत समाजवादीले पाएको सिट नेकपा माओवादी केन्द्र बराबरजस्तै हो । 

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व पाएको छ भने ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ ।

दुईवटा उमहानगरको नेतृत्व माओवादीले पाएको छ भने दुईवटा नै उपप्रमुख पाएको छ । जितपुर सिमरा र  घोराही उपमहानगरपालिकामा माओवादीले प्रमुख पदमा उमेदवारी दिनेछ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुख पाउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu