site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने
Sarbottam CementSarbottam Cement

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश नम्बर–१ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको बताउँदै भने, “उद्योग संगठनसँगै मिलेर जसरी इकोनोमिक समिट आयोजना गरिएको छ, त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ । हामी सबैको मिहिनेतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो । उद्योग संगठनमा आर्थिक सम्मेलन गर्नेछौँ । हामीले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौँ । सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ । त्यसलाई लिपिबद्ध गरेर समिटमा प्रस्तुत गर्नेछौँ । सरकारले गफ मात्रै नभएर नीतिमा सहयोग पुग्ने गरी अघि बढ्नेछौँ ।”

Global Ime bank

पूर्वअर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फ मात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए ।

इकोनोमिक समिटमा कार्यपत्र प्रस्तुतिका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रूपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए ।

“आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रण मात्रै रहनु हुँदैन भन्ने लाग्छ,” खनालले भने, “बाह्रखरीले गरेका कार्यक्रमबाट निकालिएका निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भनेर एक वर्ष बाह्रखरीले रिपोर्टिङ गर्ने प्रतिबद्धता पनि जनाएको छ ।”

उनले अब राजनीतिबाट समृद्धि सम्भव नभएको बताए । “अब राजनीतिबाट समृद्धि सम्भव भएन । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ । यो समस्या निजी क्षेत्रमा पनि छ । धनसंग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ,” उनले भने, “त्यसले समष्टिगत रूपमा विकास हुँदो रहेनछ । अब गर्ने भनेको निजी क्षेत्रले नै हो । अबको समृद्धि युवा उद्यमशीलताबाटै हुने हो । यो उद्यमीको केन्द्र पनि हो । तर, अब निष्ठावान् पौरखी उद्यमी होस्, लुटतन्त्रमा विश्वास नगरोस् । नवीन सोचमा आधारित भएर गर्ने हो भने सफलता प्राप्त गर्न सकिनेछ ।”

त्यसैगरी, युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताए ।

“यो समृद्धिको इन्जिन हो,” उनले भने, “प्रदेश–१ धेरै अघिदेखि नै उद्यमीको लागि राम्रो ठाउँ हो । अहिले आयोजना गर्न लागिएको गल्फसँगै युवा उद्यमीका अभियान लिएर जसरी हिँड्न लागिएको छ । त्यसले ठूलो सहयोग पुर्‍याउनेछ ।”

व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए । उनले धेरैलाई अनौठो लाग्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

“बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गर्ने भन्दा हामीलाई अनौठो लागेको थियो । यो कार्यक्रम गर्नु नै ठूलो सफलता हो । एउटा न्युज मिडियाले आफ्नो कामबाहेक खेललाई आधार बनाएर एउटा प्रदेशको समृद्धिमा टेवा पुर्‍याउनका लागि गरेको सहयोगको जति प्रशंसा गरे पनि पुग्दैन,” उनले भने ।

उनले संकटको समयमा पनि आर्थिक समृद्धिका लागि बाह्रखरीले यस्तो कार्यक्रम गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागी गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए ।

उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षण भनेकै गोल्डेन बल पाउने भएको बताए । “यो संसारमा कहीँ पनि राखेको पाइँदैन । त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु । यसपल्ट धरानमा खेलाडीहरूले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको छ ।”

त्यसैगरी, धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

“यो हाम्रो प्रदेशकै लागि राम्रो काम हो । धरान गल्फ क्लबको तर्फबाट स्वागत गर्न चाहन्छु । बाह्रखरी मिडियाले यस क्षेत्रलाई माया गरेर आउनुभएको हुँदा धेरै–धेरै धन्यवाद दिन चाहन्छु,” उनले भने, “यो गल्फ कोर्स ब्रिटिसहरूले नै सुरु गरेका थिए । सन् १९९० तिर यहाँ छाडेर पोखरामा सिफ्ट भएकाले त्यसपछि हामीहरूले सञ्चालन गर्दै आएका छौँ ।”

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

उनले प्रदेश–१ को समृद्धिमा जोड दिएर यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै भने, “हामीले प्रदेश–१ को समृद्धिमा जोड दिएर यो कार्यक्रम गर्न लागेका हौँ । हामीले गल्फसँगै अन्य कार्यक्रम पनि आयोजना गरेका हौँ । इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्दै छौँ भने विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समिट आयोजना गरेका छौँ । हामीले यस प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबल आयोजना गरेका छौँ । त्यो रिपोर्टाजपछि हामीले बाह्रखरी मिडियामा समाचार प्रकाशित गर्नेछौँ भने त्यसपछि कार्यक्रममा सहजीकरणका लागि सहज हुनेछ ।”

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै उनले यस कार्यक्रम सफलताका लागि पत्रकारहरूको सहयोग आवश्यक रहेको बताए ।

“यो कार्यक्रमपछि बाह्रखरीले विश्वसनीयता प्राप्त गर्नेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने, “पत्रकारिकता बलियो बनाउनका लागि पनि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । हामीलाई कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञापनदाताहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।”

कार्यक्रमको सञ्चालन बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले गरेका थिए ।

यस्तो छ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति–

मिति : २०७८/१०/१६

प्रेस विज्ञप्ति

एनसेल बाह्रखरी गल्फ धरानमा

हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशको फरक फरक स्थानमा कर्पोरेट गल्फ कार्यक्रम गर्दै आएको बाह्रखरी मिडियाले यो वर्षको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता धरान, सुनसरीमा आयोजना गर्दै छ ।

प्रदेश एकको ऐतिहासिक सहर धरानमा रहेको गल्फ कोर्समा कर्पोरेट गल्फ प्रतियोगिता, देशभरका निजी क्षेत्रका प्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट २०२२ र इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ २०२२ आयोजना गर्न लागेको जानकारी गराउँदछौँ ।

गल्फ प्रतियोगिता फागुनको १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा हुने छ । यस प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

इकोनोमिक समीटअघि यस प्रदेशका महत्वपूर्ण क्षेत्र सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम र झापामा त्यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारका विषयहरूमा राउन्ड टेबलको आयोजना गरिने छ । जुन राउन्ड टेलब भोलिदेखि नै सुरु हुँदैछ ।

त्यहाँ उठेका विषयहरूलाई समेटेर इकोनोकिम समीट (फागुन १४) मा पूर्व अर्थसचिव रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्थमन्त्री जनार्दन शर्मा, श्रम मन्त्री किसान श्रेष्ठसहित विभिन्न मन्त्रालयका सचिवज्यूहरूको सहभागिता रहनेछ ।

त्यस्तै योङ्ख आन्टरप्रिनुअर्स मिट २०२२ (फागुन १३) मा युवा उद्यमीका समस्या, यस क्षेत्रमा उदाउँदै गरेका युवाहरूको योजना लगायतका विषयमा छलफल गर्नेछौँ । जसको सहजीकरण युवा उद्यमी तथा योङ्ख आन्टरप्रिनुअर्स एशोसियसनका पूर्वअध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले गर्नुहुनेछ ।

धरानमा हुने गल्फमा सय बढी कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ ।

बाह्रखरी मिडिया नेपालको एक प्रमुख सञ्चारमाध्यमका रुपमा स्थापित संस्था भएको यहाँहरूमा विदितै छ ।

बाह्रखरी मिडियाले विश्वसनीय, भरपर्दोसहित चाँडो सूचना र समाचार पाठकसामू ल्याउनुका साथै आफ्नो सामाजिक उत्तरदायित्वका कार्यहरू पनि गर्दै आएको यहाँहरूसमक्ष जानकारी गराउदछौँ ।

हामीले प्रत्येक वर्ष देशकै ठूलो पुरस्कार राशिको कथा प्रतियोगितासहित विश्वमै लोकप्रिय रहेको गल्फ प्रतियोगिता मुलुकका प्रतिष्ठित उद्योगी तथा व्यवसायीबीच प्रतिष्पर्धा गराउँदै आएको विषय यस क्षेत्रका पत्रकारहरूसमक्ष जानकारी गराउन धरानस्थित गल्फ कोर्षमा उपस्थित हुँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।

हामीले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायतका क्षेत्रको विकासमा योगदान पुर्याउन प्रमुख प्रायोजकका रुपमा विगत तीन वर्षदेखि सहकार्य गर्दै आएको छ । यो वर्षको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब पाँच सय पाहुना सम्मिलित हुनेछन् । यस प्रदेशका प्रतिष्ठित उद्यमी, व्यवसायी, राजनीतिज्ञ तथा गण्यमान्य सहितपाहुनालाई फागुन १४ गते यसै स्थानमा आमन्त्रण गरिनेछ ।

अहिले आयोजना गर्न लागिएको एनसेल बाह्रखरी गल्फमा प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, गोर्खा ब्रुअरी, ग्लेन लिभेट सिङ्गल मल्ट, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स र डिशहोम फाइबरनेटको सहयोग रहनेछ ।

एनसेल बाह्रखरी गल्फमा विगत वर्षहरूमा पनि नेपाल पर्यटन बोर्ड, भाटभटेनी सुपरमार्केट, काल्र्सबर्ग, ग्लेन लिभेट सिङ्गल मल्ट, हुन्ड्याई मोटर्स, प्रभु बैंकको सहयोग रहेको थियो ।

त्यस्तैगरी यस प्रदेशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा यसपटक प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका सँग पनि सहकार्य गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।

कोभिड–१९ले पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा बाह्रखरीले गत वर्ष पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउने उद्देश्यले एनसेल बाह्रखरी गल्फ आयोजना गरेको थियो । त्यस प्रतियोगिताले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति प्रदान गरेको थियो ।

बाह्रखरी मिडिया हाउसले दुई वर्षअघि यसै प्रदेशमा अवस्थित सगरमाथा क्षेत्रमा एनसेल बाह्रखरी गल्फ आयोजना गरेको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाईमा (४२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो, जसको समाचार विश्वका दुई सय बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए ।

अमेरिकाबाट प्रकाशित हुने संसारकै सर्वोत्कृष्ट म्यागेजिन गल्फ डाइजेस्टले यो समाचारलाई कभरसहित ८ पेजमा विस्तृत विवरण प्रकाशित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC