site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचौँ बाह्रखरी गल्फ धरानमा हुने सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ यो वर्ष धरानमा हुने भएको छ ।

सन् २०२२ फेब्रुअरी २५ र २६ तारिख अर्थात् आउँदो फागुन १३ र १४ गते धरान गल्फ कोर्षमा प्रतियोगिता आयोजना गर्ने गरी शनिबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बाह्रखरी मिडियाका उप महाप्रबन्धक सूर्य घिमिरे र धरान गल्फ कोर्षका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले हस्ताक्षर गरेका छन् । शनिबार धरानमा आयोजित विशेष कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरपछि क्लबका अध्यक्ष लिम्बूले बाह्रखरी मिडियासँग मिलेर धरानमा गल्फ आयोजना गर्न पाउँदा आफूहहरूलाई खुसी लागेको बताए । उनले आफूहहरूको तर्फबाट कसरी सहयोग गर्न सकिन्छ त्यसैगरी गर्न तयार रहेको पनि बताए 

”यहाँहहरूलाई धरानमा स्वागत गर्न पाउँदा हामीलाई खुसी लागेको छ,” उनले भने, ”बाह्रखरीले आयोजना गर्ने यस कार्यक्रमले प्रदेश १ को पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ । सरकारले गर्ने काम निजी क्षेत्रबाट भएको छ । यसमा हामी खुसी छौँ ।”

कार्यक्रममा उद्योग संगठन मोरङ्गका अध्यक्ष सुयेश प्याकुरेलले गल्फ खेलले राष्ट्रका लागि स्वर्ण जिताएको भए पनि राज्यको ध्यान पुग्न नसकेको बताए । उनले राज्यले आयोजना गर्नुपर्ने कार्यक्रम निजी क्षेत्रबाट सञ्चालित मिडियाले गरेको भन्दै प्रशंसा गरे ।

उनले भने, ”यो खेललाई वास्तवमा सरकारले प्राथमिकतामा राख्नुपर्ने हो, तर राखेको पाइँदैन । यहाँहहरूका तर्फबाट आयोजना हुनु गर्वको विषय हो । यो ठूलो इभेन्ट हो । अघिल्लो वर्ष पोखराको पर्यटन प्रवर्द्धनमा बाह्रखरीले आयोजना गरेको गल्फले निकै ठूलो सहयोग पुर्‍याएको हामीलाई जानकारी छ । यसपटक त्यो अवसर प्रदेश-१ ले प्राप्त गरेको छ ।”

उनले प्रदेश नम्बर-१ को आन्तरिक पर्यटन प्रवर्द्धन साथै गल्फसँगै आयोजना हुने अन्य कार्यक्रमले प्रदेश १ को अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए ।

”यसले वास्तवमा समग्र राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ,” उनले भने,”भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना हुँदै जानेछन् भन्ने हामीले विश्वास लिएका छौँ ।”

कार्यक्रममा उप महाप्रबन्धक घिमिरेले बाह्रखरी मिडियाले यसअघि पोखरा, सगरमाथा क्षेत्र कोङ्दे रि मा गरिएको गल्फ प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको बताउँदै यसपटक प्रदेश-१ मा आउन पाउँदा आफूहहरूलाई निकै खुसी लागेको बताए ।

प्रदेश-१ मा आफूहहरूले गल्फसँगै अन्य विभिन्न कार्यक्रम पनि गर्ने लक्ष्य राखेको भन्दै धरान गल्फ कोर्षलगायत संघ संगठनले गरेको सहयोगप्रति खुसी व्यक्त गरे ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, धरान गल्फ क्लबका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बारेमा विस्तृत जानकारी पछि पत्रकार सम्मेलनमार्फत दिइने प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro