site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 उज्यालो तिहार तर मन मलिनै

उज्यालो चाड तिहार । तिहारको अर्को नाम दीपावली । दीपावली अर्थात् बलेका बत्ती। सँगैसयौं बत्ती घर टोलमा बलेत्यो घरटोल कति उज्यालो होला ? उज्यालो घरटोल, गल्ली, गल्छेडा र बाटोघाटोमा मात्रै हो र ? यस्तो उज्यालोको प्रकाश मानिसको मनभित्र पनि हुनुपर्ने हो नि ! उज्यालो तिहारको सन्देश यो पनि त हो । 

जतिबेला उज्यालो कल्पना गरियो र परम्परा बसाइयोके त्यतिबेला आजको जस्तो बिजुलीको झलमल थियो र ?माटाको दियोेमा बत्ती बाले होलान् । टुकी र सलेदो सल्काए होलान् । त्यो बेला उज्यालो पार्ने जे थिए त्यही बाले होलान् पुर्खाले । तर, उज्यालो पार्नसिकाए । मैनबत्ती पनि पछि नै बन्यो । अर्थात्, उज्यालोको उत्पत्ति सूर्यपछि रातिमा प्रकाश पार्ने उपाय यिनै पुर्खालेखोजे, सुझाए । त्यही विज्ञानको विकसित रूपान्तरण अहिलेको बिजुली झलमल हो । 

यही हो रुपान्तरण जसलाई आधुनिक विकास भनी बुझिन्छ । तर,विज्ञानको सुरु र अन्त्यको लेखालाई लिपिमा उतार्ने कसरी ?के पुल्ठो(बाँसको ढुंग्रोमा मट्टीतेल र झुम्रो कोचेर बालिने बत्तीको प्रकार) को आरम्भमा कुनै वैज्ञानिक सोचको रश्मि थिएन र ?वैज्ञानिक विकासको थालनी कहिले र सीमा कहाँ ? यस्तै सुपो, जाँतो र पानीघट्टाको परिणामदायी रचनाका कल्पनाकार वैज्ञानिक होइनन् र ? विकासको चरणमा प्राप्ति यी,यस्ता साधनको प्रेरणा र दिग्दर्शन के ? विचारणीय छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्थात्, विकासविज्ञान क्रमिक चरण हो । हामीले भोगेको समय भोलि पुरानो हुनेछ । हिजोको दिन त्यही भयो,आजको दिन भोलि पुरानो हुने नै हो । हामी पुरानो कथास्मृति हुने छौँ ।  समय प्रकृतिको घुम्ती होजीवको पकडभन्दा बाहिर । पुर्खाले भोगेको तिहार अनि हामीले भोगिरहेको तिहारमा कति फरक आयो होला ?निश्चित भन्न सकिन्छ हिजो भावनात्मक आस्था बढी ,आज भौतिक उल्लास ।

उल्लास हो के ? मानिस(जीव पनि) दुई शक्तिकोप्रतिनिधि पात्र हो । ती शक्ति अलगैतर अटुट अन्योन्याश्रित पनि छन् । तिनको प्रतिनिधित्व जीवनले सँगै गर्छ । यी दुई शक्ति रहँदा नै जीवनको अर्थ ग्रहण हुनजान्छ । भौतिक जसलाई शारीरिक उपस्थिति र अर्को आध्यात्मिक चेत नै जीवनको शक्ति हो । यी दुई शक्ति रहनु नै जिउँदो जीवन हो । पूर्वीय पर्वले यी दुवै शक्ति सम्मिलनको जीवनबोधी सन्देश दिन्छन् । 

Global Ime bank

तिहार पनि यस्तै शक्ति सन्देशको वाहक लाग्छ । मानिसको आफ्नो अनुभूति र दृश्य हुन्छ । त्यो सबैमा समान मिल्नैपर्छ भन्ने हुँदैन । त्यस्तो कामना गरिए त्यो आग्रह हुन जान्छ, प्रकृति विपरीत । तैपनि, केही यस्ता सत्य वा तथ्य पनि हुने रहेछन् ती सबैमा सबैको समान सहमति बन्छ ।

पर्वको एउटा पाटो यस्तै समान सर्वमान्य छ । जस्तै तिहार उज्यालो चाड,झिलीमिली उज्यालो पर्व । यसमा कसैको विमति छैन,सर्वस्वीकृत छ । भनिने मिठो खानपीनमा चाहिँहैसियतले भिन्नता राख्छ । हो, यहाँ स्थितिको भिन्नता छ, विमति हुन्छ । यस्तै विमति उज्यालो भौतिक कि आध्यात्मिक भन्ने प्रश्नमा हुनसक्छ । सजिलो उत्तर दुवै भन्ने हुन्छ,सही हो । 

पर्वहरू कहिले सुरु भए, किन ? के त्यतिबेलै धर्म जोडियो कि पछि ? समयको गतिसँगै कसैले चाडलाई धर्मको प्रतीक मान्ला, कसैले कृषिसँग जोड्ला र कसैले आर्थिक । रमाइलोको माध्यम नभएको बेला चाड नै मनोरञ्जनको माध्यम पनि बनाइयो होला ? पर्वहरूलाई के एउटै अर्थमा बुझ्न सम्भव भयो त ? विमति देखिएन त ? समग्रमा भन्दा विमति,सम्मति सबै सामुन्ने आए । भेटघाट पनि, आशीर्वाद ग्रहण पनि । 

प्रश्न, उल्लास के हो ? भौतिक कि आध्यात्मिक ? सुन्दा यो प्रश्न प्रश्न नै होइन । किन कि सरल भनाइ हुन्छ उल्लास दुवै हो । अनि प्रश्न किन ? तर, प्रश्न छिमेकीको घरमा भौतिक वा बिजुली बत्तीको झिलमिली छ । बाटोमा गरीब बाबुआमाको हात समाएर हिँडेको अभागी बच्चा त्यही उज्यालो देखेर रमाएको हुन्छ । उसले पराइ उज्यालोमा गरेको अनुभूति भौतिक उल्लास हो कि आध्यात्मिक ? झिलीमिलीमा टल्किने अँध्यारो अनुहारभन्दा आफूभन्दा गरुङ्गो भारी बोक्नेको पसिने मुस्कान भौतिक हो कि आध्यात्यमिक उल्लास ? त्यही नै आध्यात्मिक उल्लास हो । यो उत्तरले प्रश्नलाई प्रश्न बनायो । 

उल्लास बढी आध्यात्मिक हो अनुभूति । अनुभूति मलिन भए उल्लासको उज्यालो कति ? अहिले यस्तै छ । चकाचौंध झिलिमिलीमा पनि मन मलिन,अँध्यारो हुनसक्छ । यस्तो अनुभूति एक्लै कसैको मात्र होला कि ? बाँचेका वर्षहरूमा अरुको पनि ? सबैमा घटित हुन्छ अँध्यारो बेलाबेलाको बातमात्र हो ।

कोरोना उदाहरण छ । जीवनको यो उकालीसम्म कम, अहिले धेरै सुनियो,यो वर्ष अति बढी । चिनेजानेका धेरैले भने अहिले हाम्रो दसैं, तिहार छैन । चाड त आएकै हो नि तर किन त्यसो भनियो ? भोग्नेलाई थाहा छ पीडा । तिनले आफन्त गुमाए । झन्डै १२ हजारले त जीवन गुमाए कोरोना कहरले । तिनका परिवारलाई आएन चाड । आओस् कसरी ? कोरोना पीडित हजारौं छन् । यहीँ छ आध्यात्मिक अनुभूति । 

आध्यात्मिक अनुभूति यहाँ धर्मकर्मको नाममा गरिने पारम्पारिक पूजापाठको कुरा होइन । चेत, विवेक र सोच जो मन मस्तिष्कको गहिरो उपलब्धि हो, त्यसलाई नै आध्यात्मिक भनिएको हो । यसको वाहक चाहिँ शरीर सत्य हो । यहीँ उभिएर सोच्नौँ त अर्थात् मनलाई सोधौँ त्यो मनमा कति उल्लास उज्यालो छ ?मनले दिने उत्तर आध्यात्मिक हो । झिलिमिली टल्किने बिजुली, त्यसमा उज्यालो तपाई श्री, शरीर भौतिक । मानिसको भौतिक, आध्यात्मिक स्थिति बिल्कुल भिन्न उपज तर कति अटुट अभिन्न ? यही अनुभूतिमा भौतिक देहले आध्यात्मिक विवेक प्रवाह गर्छ । 

देशतिर फर्कनोस् त गाडीघोडा चलेकै छन् । पदाधिकारी खाली छैनन् । कार्यपालिका छ, व्यवस्थापिका छ, बैठकमात्र स्थगित भएको हो । न्यायालयको लज्जा उघार्ने जात्रा थामिने कहिले ? ‘जता हेर्यो उतै दैलो’ भनेजस्तो देशको हालत । यो अनुभूति गर्दा तपाईँले घरको भित्ता, गारो, पर्खाल र ढोकामा टाँगी बालेको बत्तीको उज्यालोले मनमा कति उल्लास भर्ला ? तिहारको उज्यालो बल्यो दीपावली, तर मन चाहिं मलिनै भेट्नु हुन्छ । भौतिक र आध्यात्मिक स्थितिबोध ‘उज्यालो पर्खाल र मलिन मन’ले गर्छ । यो तिहार यस्तै रह्यो, ‘उज्यालो तिहार मलिन मन’ । 
        
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय