site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाहिर सहमति गरेर हुन्छ ? मलाई मान्य छैन : माधव नेपाल 

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नभएको बताएका छन् ।

कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफू निकट नेताहरुसँग आफ्नो सहमति नभएको बताएका थिए ।

“त्यसमा मेरो सहमति छैन, अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम हुँदैन,” उनको भनाइ उद्धृत गर्दै नेपाल निकट एक नेताले भने,“बाहिर बाहिर सहमति गरेर हुन्छ ? भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।”

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्