site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
प्रदेश १ मा ८६५ काेराेना संक्रमित थपिए, ५२९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहीबार ८६५ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ९२८ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । आज ५२९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३५१ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१,  सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र  रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २–२ र चैनपुरमा १, तेह्रथुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १–१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १–१ र स्थानीय तह नखुलेका ३,  पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीय तह नखुलेका २, , इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १–१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्