site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
बाँकेमा उपचाररत १० जना काेराेना सङ्क्रमितको मृत्यु
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका १० सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको हो । मृतकमा बाँकेका पाँच, दाङका तीन र बर्दियाका दुई जना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 
 
योसँगै बाँकेमा कोरोनाबाट अकालमै ज्यान गुमाउनेको सङ्ख्या २ सय ७९ पुगेको छ भने यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए । रासस 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्