site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
आज कुन जिल्लामा कति कोभिड संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ९३६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्येबाट ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ र जम्मा संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा ८ हजार ८३३ जनाको उपचार भइरहेको छ । यस्तै, १ हजार ६७२ जना आईसीयू र ४४७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै १ हजार ८६३ जना संक्रमित काठमाडौंमा थपिएका छन् ।

उपत्यका बाहिर आज कास्कीमा सबैभन्दा धेरै ५७८ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेमा ३२८  र भक्तपुरमा ३२३ जना नयाँ संक्रमित थपिएका छन् । २ सय जनाभन्दा बढी संक्रमित थपिनेमा सुनसरी, धादिङ, सिन्धुपाल्चोक र रुपन्देही रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्