site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
प्रदेश १ मा एक हजार ३७ काेराेना संक्रमित थपिए

विराटनगर ।  प्रदेश १ मा सोमबार १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२९ महिला र ६०८ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५२ हजार २६८ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । आज १८२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ९४१ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, केराबारी र रंगेलीमा १–१, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहवी र देवानगञ्जमा ८–८, रामधुनीमा ६, बर्जु र बराहक्षेत्रमा ४–४, गढीमा २ र स्थानीय तह नखुलेका १, झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, विर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बाह्रदशी र कचनकवलमा ४–४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ र हल्दिबारीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र शिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, संखुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सुर्योदय र चुलाचुलीमा १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १९:३५
प्रतिक्रिया दिनुहोस्