site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘यस्तो बेलामा पनि युवाहरुमा सकारात्मक सोच छ’
Tiktok banner adTiktok banner ad

कोभिडले संसारलाई दुःखमा पुर्‍याइदिएको छ । यसबाट हाम्रो देश पनि अछुतो छैन । यो महामारीले नसोचेको असर पारेको छ । अहिले समस्या छ तर समस्या हुँदाहुँदै पनि कसरी ‘स्ट्रगल’ गरेर न्यू नर्मलमा कसरी जाने भन्ने विषयमा नै केन्द्रित गरेर युवा उद्यमी मञ्चले त्यस्तै कार्यक्रम गर्दै पनि आएको छ । 

मञ्चले भच्र्यूअलमार्फत नै भए पनि युवाहरुलाई कसरी मोटिभेट गर्ने, ब्यापार व्यवसाय रिभाइभ गर्न कसरी सहयोग गर्ने भन्ने खालको गतिविधि गर्दै आएको छ ।  अहिलेको बेलामा आफूले आफैलाई कसरी बलियो बनाउने भन्ने महत्वपूर्ण हो । यो समयमा युवाहरुले आफू भन्दा सिनियरलाई मेन्टर बनाउनुपर्छ जस्तो लाग्छ । 

म उद्यमी छु भने मेरै जस्तो व्यवसाय कसैले गरेको छ भने एक जनालाई मेन्टर बनाउनुपर्छ । त्यसले व्यापार व्यवसाय गर्दा कस्तो दुःख पर्छ, के के अवरोध आउँछ भन्ने कुरा मेन्टरबाट सिक्न पाइन्छ ।  उहाँहरुले धेरै कुरा भोग्नुभएको हुन्छ, त्यसबाट पाठ सिक्न सकिन्छ । युवाहरुलाई मेरो सुझाव आफ्नो प्रकृतिको व्यवसाय कसैले गरेको छ भने आफू भन्दा सिनियरलाई मेन्टर बनाउँनुपर्छ । 

अर्को, युवाहरुलाई नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने खालको ‘मोटिभेजन’ गराउनुपर्छ । जस्तो अहिले नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप एण्ड इनोभेसन समिति बनाएको छ । यसले पनि युवाहरुलाई ‘पोजेटिभ भाइभ्स्’ दिन्छ ।  महासंघले पनि युवाको विषयमा सोच्दैछ भन्ने सन्देश यो समिति बनाएर पनि दिएको छ । 
यो समितिले स्टार्टअपलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नै केन्द्रित रहेर काम गर्छ । यसले ५० जनालाई स्र्टाटअपमा लगाउन आर्थिक सहयोग पनि गर्ने कुरा आएको छ । यसरी नै युवाहरुलाई प्रोत्साहन गर्दै गयो भने राम्रो हुन्छ । 

पर्यटन क्षेत्रमा धेरै युवा उद्यमीहरु छन् । पोखरा भन्ने वित्तिकै पर्यटनसँग कुनै न कुनै रुपमा जोडिएको हुन्छ । यहाँ पर्यटन क्षेत्रमा ठुलो लगानी रहेकोे छ ।  सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपछि यहाँ ठुलो मात्रामा पर्यटन क्षेत्रमा लगानी आयो । तर, कोभिडको कारणले गर्दा लगानीकर्ता समस्यामा परेका छन् ।  अर्को यो समयमा भोलीको लागि ‘रेडी’ अवस्थामा पनि बस्नुपर्ने छ । त्यसैले यो बेलमा पूर्वाधार, पुनर्निमाणको काम गर्नुपर्ने छ भन्ने सकारात्मक सोच पनि धेरै युवाहरुमा पाएका छौं । 

गाह्रो समय छ । गाह्रो समय भएपनि यहीबाट ‘पोसिबिलिटी’ खोज्नुपर्ने छ । 

पोखरामा भारतीय पर्यटक धेरै आउँछन् । अहिले बाह्य पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्नुपर्ने हुन्छ । अहिलेको अवस्था सामान्य बनेपछि भारतीय पर्यटक नै छिटो आउन सक्छन् ।  त्यसैले आन्तरिक र भारतीय पर्यटकमा केन्द्रित हुनुपर्छ । सबै भन्दा सोच्नुपर्ने आन्तरिक पर्यटकलाई हो । आन्तरिक पर्यटकलाई ट्रेकिङ्ग, लामो दिनसम्म घुम्ने गराउन सक्नुपर्छ । जस्तो कोभिडको समयमा पनि दैनिक सय जना मर्दी हिमालको ट्रेकिङ्ग गएको पाइयो । 

त्यसैले अब आन्तरिक पर्यटनलाई पनि ध्यान दिनुपर्छ । ट्रेकिङ्गमा जाँदा नेपालीलाई रुम नदिने र विदेशी पर्यटकलाई रुम दिने गरिन्छ, त्यसमा सुधार ल्याउनुपर्छ । नेपालीमा पनि घुम्ने परम्पराको विकास भएको छ । अब घुम्न विदेश नभई स्वदेश नै हो भनेर पनि प्रबद्र्धन गर्नुपर्छ ।  आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न विभिन्न गतिविधि गरिनुपर्छ । बाह्रखरी मिडियाले यस्तो समयमा पनि बाह्रखरी गल्फ गर्न लागि रहेको छ । यसले पनि पोखराको पर्यटनमा पोजेटिभनेस बढाउँछ जस्तो लाग्छ । 

स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिएर यसरी नै इभेन्टस् गर्दै जाने गर्नुपर्छ । गल्फले पोखरा पर्यटनका लागि राम्रो योगदान दिन्छ जस्तो लाग्छ ।  गतवर्ष पनि बाह्रखरीले एभरेष्टमा गल्फ गर्दा कति राम्रो सन्देश दिएको थियो, त्यस्तै गरी अहिले पनि राम्रो सन्देश दिन्छ । यसले नेपालसहित अन्तर्राष्ट्रिय रुपमा पनि पोखराको विषयमा थप सकारात्मक सन्देश दिन्छ भन्ने आशा लिएका छौं । यस्तै कार्यक्रमले नै पर्यटन क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्छ । 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा पालिखेको यस्तो धारणा आएको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro