site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महानगरको क्षमताअनुसार पर्यटन क्षेत्रमा नयाँ हलचल ल्याउने काम गरिरहेका छौँ’
Tiktok banner adTiktok banner ad

पोखरा पर्यटकीय राजधानी भन्ने गरिन्थ्यो । नेपालमा आएका पर्यटकहरु एकपटक पोखरा आएनन् भने नेपाल गएको भन्ने नै हुँदैनथ्यो । जब विश्वव्यापी महामारी आयो त्यसले सबैभन्दा ठूलो मर्का पर्यटन र सार्वजनिक यातायात क्षेत्रलाई पारेको छ ।

विद्यालय त डामाडोल नै भइहाल्यो । यी तीनवटा पक्षलाई सबैभन्दा ठूलो नोक्सान परेको छ । हामीले पहिलो तीनमहिनामा अनुसन्धान गरेका थियौँ । त्यो अनुसन्धान गर्दा पोखरा महानगरभित्र मात्रै करिब ७ अर्बको नोक्सान भएको देखिन्छ । अहिले त एक वर्ष नै हुन लागिसक्यो, यसको असरको आकार पनि बढेको छ । त्यसैले सबैभन्दा बढी समस्याग्रस्त क्षेत्र भनेको पर्यटन हो । पर्यटन क्षेत्रको दुर्दशा यो भन्दा बढी कहाँ होला र ! 

महानगरपालिकाले हाम्रो ठाउँबाट पर्यटन क्षेत्रका लागि के गर्ने भनेर सोचेकै छौं । हामीले पहिले नै भनेका थियौं, सुरक्षाका उपाय अपनाऔं । अहिले बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकलाई प्रबर्द्धन गर्न जरुरी छ । पोखरा सुरक्षित छ, यो महामारीबाट डराउनु पर्दैन, कोरोना भइहालेछ भने पनि पोखरामा उपचार गर्न सकिन्छ भन्ने सन्देश दिन खोज्यौँ । 

पोखराका पर्यटन व्यवसायीहरुले पोखरा महानगरपालिकाले सुरक्षाको ग्यारेन्टी लिन्छ भन्ने कुरा हामीले तीनमहिना अगाडि नै सुरु गरिसकेका थियौं । यद्यपी त्यो हुँदाहुँदै पनि सबैभन्दा ठूलो कुरा जीवन हुँदो रहेछ । जीवन नै गइहाल्छ कि भन्ने डरले पनि त्यसलाई व्यवस्थापन गर्न सकेनौं । 

दोस्रो, हाम्रो महानगरपालिकाको सातौं नगरसभाले प्रष्ट भनेको छ अब आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सहकारी सम्मेलन गर्ने, वैज्ञानिक सम्मेलन गर्ने, राष्ट्रिय रुपमा कार्यक्रम गरेर पर्यटन व्यवसायीलाई राहत दिने खालका कार्यक्रम गर्ने भनेका छौँ ।

पोखरा सुरक्षित छ भन्ने सन्देश दिन खोजेका छौँ । हामीले फागुन पहिलो साता मेयर साइकल कार्यक्रम गर्दैछौँ । हामीले पोखरा सडक महोत्सव पनि गर्‍यौँ । महानगरको क्षमता, हैसियतअनुसार पर्यटन क्षेत्रमा नयाँ हलचल ल्याउन हाम्रोतर्फबाट काम गरिरहेका छौं । 

पोखरा क्षेत्रका गन्तव्य अहिले प्रायः सबै खुलिसकेका छन् । १०–१५ दिन भयो, यस क्षेत्रका प्रायः सबै गन्तव्य खुलिसकेका छन् । 

हिमागृह, रत्न मन्दिर नखुलेको विषय जहाँसम्म छ, यो महानगरको क्षेत्राधिकारमा परेको छैन । महानगरपालिकाले त दुईवर्ष पहिलेदेखि नै हिमा गृह, रत्न मन्दिर एउटा गन्तव्य हुन सक्छन्, ती गन्तव्यलाई खुलाउनुपर्छ, यी गन्तव्य खुलाउँदा राम्रो सन्देश जान्छ भनेर संघीय, प्रदेश सरकारलाई अनुरोध गरिसकेको हो ।

तर, बीचमा प्रदेशले हामीलाई दिनुपर्छ भनिसकेपछि प्रदेशले ल्याउँछ भने पनि यो हाम्रै ठाउँमा मान्छे आउने हो भनेर छिटो भन्दा छिटो खुला गरिदिए हुन्थ्यो भनिरहेका छौं । 

सडक महोत्सव, बाह्रखरी गल्फजस्ता गतिविधिले मान्छेहरुको आवतजावत बढ्छ । कम्तिमा पनि सुस्ताएको पर्यटन व्यवसाय अगाडि बढाउन मद्दत गर्छ । सडक महोत्सव गरेर पनि व्यवसायीहरुले अनुभव लिनुभयो होला । तीनदिन सडक महोत्सव भयो, त्यो बेलामा खास समस्या त देखिएन । त्यो बेलामा कुनै समस्या देखिएन भनेर लापरबाही गर्न त हुँदैन । तर, सुरक्षाका मापदण्ड अपनाउँदै व्यवसाय गर्नुपर्छ । व्यवसायीहरुले पनि सुरक्षाका मापदण्ड अपनाउँदै कसरी आन्तरिक पर्यटकलाई बोलाउने होला, सोच्नुपर्छ ? आन्तरिक पर्यटकको साथसाथमा अन्तर्राष्ट्रिय रुपमा पनि लविइङ गर्न जरुरी छ । यो संघीय सरकारले गर्नुपर्छ र हामीले पनि गर्नुपर्छ । 

बाह्रखरी गल्फ गर्ने विषयमा हामीलाई पनि आएर भन्नुभयो । हामीले किन, कसरी केही नभनी उत्साहपूर्वक नै गरौँ भन्यौं । यसले कम्तिमा पनि ‘लजिस्टिक’ खालको खेल भएको कारणले यत्तिका मान्छेहरु पनि जाँदा रहेछन् भने हामी जाँदा के हुन्छ त ? 

भन्ने सन्देश जान्छ र कम्तिमा पनि पोखराको पर्यटन व्यवसायमा कोसेढुङ्गा सावित होला भन्ने लागेर नै यसको पक्षमा महानगर अगाडि बढिरहेको छ । 

अब पर्यटन क्षेत्रलाई अगाडि बढाउन नयाँ ढंगको गतिविधि सुरु गर्न आवश्यक छ ।  हिजोको जस्तो पर्यटक आउँलान, राखौैला भन्ने जमाना गए । यो विपत्ले त्यो जमानालाई हटाइदियो । 

अब नयाँ ढंगले कसरी मार्केटिङ गर्ने, नयाँ ढंगले कसरी सञ्चालन गर्ने, हाम्रा पर्यटन गन्तव्यलाई पनि ‘टिपिकल’ खालका कसरी बनाउने ? सोच्नुपर्छ । अब हिजोको जस्तो परम्पराबादी तरिकाले नभई नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।  कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका राजनीतिज्ञ, उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा मेयर जिसीको यस्तो धारणा आएको हो ।

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ । एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 
अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro