site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
हामी साना व्यवसायीलाई सरकारले हेर्ला र !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषि उत्पादनका लागि कोल्ड स्टोरेज बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, डेरी व्यवसायीबीच गरेको अन्तरक्रियामा सहभागी व्यवसायीले यस्तो आग्रह गरेका हुन् । उनीहरुले बाह्रखरीले गरेको अन्तरक्रियामा कोरोनाका कारण निकै समस्यामा परेको बताए ।
सरकारले अनुदान दिने घोषणा गरे पनि हालसम्म नदिएकाले सरकारबाट सहयोग पाउने आशा हराउँदै गएको उनीहरुको गुनासो थियो ।  पोखरामा केन्द्रित रहेर तरकारी ‘सप्लाइ’ गर्दै आएका व्यवसायी गणेश कुँवरले अझै पनि तरकारी राम्रोसँग बिक्री नभएको बताए ।

तरकारी बिक्री नहुँदा किसानको उत्पादनले बजार नपाएको उनले बताए ।  तरकारीले बजार नपाएपछि केही व्यवसायी पलायनसमेत भएको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीजस्ता धेरै सप्लायर्स साथीहरुले यो पेशा छाड्नुभएको छ । गाउँ पलायन हुनुभएको छ । होटेलहरु नचल्दा हामीले सप्लाइ पनि गर्न पाएनौँ । अनि पलायन हुनुको विकल्प पनि रहेन,” उनले भने । अहिले व्यवसाय धरापमा रहेको भन्दै ऋण तिर्नै गाह्रो भएको उनले बताए । 

Global Ime bank

यस्तै मासु व्यवसायी नवराज गौतमले होटेलहरु खुला नहुँदाको असर आफूहरुलाई परेको बताए । “यहाँ धेरै होटेल भएको र पर्यटकहरु आउने भएका कारण खपत पनि बढी हुन्थ्यो । तर, कोभिड १९ ले गर्दा होटेल व्यवसाय नै चलेनन् । माग कम भयो । माग कम भएपछि मर्का त परि नै हाल्यो । किसानहरुले उत्तिकै दुःख पाए । आफूले गरेको व्यवसाय एकदमै कम मूल्यमा बेच्न बाध्य भए,” उनले भने । 

 

 

 

लकडाउनको बेलामा पनि सरकारले केही नगरेको गुनासो उनको छ । “एउटा पनि राहत दिनुपर्छ भनेर आएको जस्तो मलाई लाग्दैन । अहिले त झन् खुलेको अवस्था छ, उनीहरुले गर्छन् भन्ने सोचेको छ कि ! राहतको विषयमा राज्यले कहिल्यै पनि जनता छन् भनेर सोच्छन् जस्तो नै लाग्दैन,” उनले भने । 

डेरी व्यवसाय निरज श्रेष्ठ डेरी प्रडक्टले बजार नपाउँदा किसानले पैसा पाउन नसकेको बताए । लकडाउनका बेलामा डेरी व्यवसायी २५ प्रतिशतमा सीमित हुन पुगेको भन्दै उनले पछिल्लो समयमा ६० प्रतिशतसम्म बजार रिभाइभ भएको बताए । 

 

 

“अहिले सबै डेरीमा फ्याट र पाउडर स्टकमा छ । यसको प्रभाव किसानहरुलाई भुक्तानीमा परेको छ । यसले किसानहरु पलायन भएको अवस्था पनि छ,” उनले भने ।  कोभिडका कारण किसानदेखि उद्योगसम्म असर परेको उनले बताए । “डेरी उत्पादन स्टकमा बस्दा स्टक राख्ने ठाउँ पनि छैन । उपभोग भएन भने कुहिएर पनि जाने भयो,” उनले भने । 

उनले नेपाली डेरी उत्पादन निर्यात गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए ।  “अहिले सबैसँग स्टक भइरहेको स्थिति छ । अन्तर्राष्ट्रिय बजारमा राज्यले पहल गरिदिए हामी निर्यात गर्न तयार छौँ,” उनले भने ।  स्थानीय स्तरमा अहिले बटर स्टकको समस्या रहेको बताए ।
“पाउडरको स्टोरेज त हुन्छ । कोल्ड स्टोरको अभाव भएको महसुस गरेका छौँ । भण्डारणको समस्या छ, यसको समाधान राज्यले गरिदिए हुन्थ्यो,” उनले भने । 

फलफूल व्यवसायी सन्देश सिग्देलले नयाँ वर्षमा फलफूलको माग केही बढेको भए पनि अहिले फेरि माग झरेर  १५–२० प्रतिशतमा पुगेको बताए ।  उनले अब कोल्ड स्टोरेजमा लगानी बढाउनुपर्ने बेला आएको बताए । 

 

 

“केही फलफूलमा नेपाल आफैँमा आत्मनिर्भर छ । जस्तै केरा । केरा बाह्रैमास उत्पादन हुन्छ । स्याउ, अंगुरको ठुलो फार्म छैन । आयात गर्नुपर्छ । एउटा लेभलको लगानी गरिसकेका हुन्छौँ, त्यसलाई समयमा बिक्री भएन भने खेर जान्छ । त्यसको भण्डारण, आयु बढाउनुपर्ने हुन्छ,” उनले भने । 

उनले फलफूलको खपत घरघरमा बढेको बताए । रकमको हिसाब गर्दा होटेलमा बिक्री हुँदा बढी देखिने भए पनि घरायसी प्रयोजनका लागि फलफूलको माग बढ्न थालेको उनको भनाइ थियो । 

 

 

उनले अहिले भण्डारणकै अभाव खट्किएको बताए । 

“ठूलो परिणाममा फलफूल भण्डारणको लागि निजी क्षेत्रले मात्रै लगानी गर्न गाह्रो छ । सेल्सको भोल्युम हेर्दा एक्लैले लगानी जुटाउन पनि गाह्रो हुन्छ । राज्यले एउटा कोल्डस्टोर बनाइदियो भने केही हदसम्म समाधान हुन्थ्यो कि !,” उनले भने । 

यस्तै माछा व्यवसायी राजु जलारीले होटेलहरु बन्द हुँदाको असर माछाको बजारीकरणमा परेको बताए । 

 

 

लकडाउन खुकुलो भइसकेपछि दशैं, तिहारजस्ता चाडपर्व, पोखरामा भएको सडक महोत्सवका कारण त्यतिखेर माहोल सहज जस्तो बन्दा केही समयदेखि उत्पादनले बजार पाएको बताए । 

“हाल ३० प्रतिशत जति माछाको कारोबार भएको छ । ७० प्रतिशत व्यवसाय रिकभर हुन बाँकी नै छ,” उनले भने ।  कृषि उत्पादनले राम्रो बजार पाउनको लागि पर्यटक नै आउनपर्ने भन्दै माछाको व्यापार बढ्नको लागि होटेल व्यवसाय खुला हुनुपर्ने बताए ।  होटेल व्यवसायी एक हिसाबले बन्द नै भएको अवस्थामा पनि घरायसी प्रयोजनका लागि माछा खानेको संख्या बढ्दा माछाको खपत केही बढेको उनले बताए । 

 

 

उनले पनि स्टोरेजको समस्या रहेको बताए । “अहिलेको बेलामा सरकारले सहयोग गरिदिए पनि हुन्थ्यो तर माछाको लागि मात्रै नभइ तरकारी, फलफूलका लागि पनि कोल्ड स्टोरेजको आवश्यकता छ,” उनले भने ।  

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका व्यवसायीबीच अन्तरक्रिया गरेको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।   एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

 

 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय