site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णाली रडाको : प्रचण्ड-ओली पक्षका सांसद् भन्छन्- दलको ढोका बन्द गरिए संसद्‌ जान्छौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलमा रडाको चुलिएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साझा पत्र पठाएर छलफलका लागि मुख्यालय बोलाएका थिए । साझा निचोड दिन नसकेर अलगअलग निर्णय सुनाएपछि त्यसको असर संसदीय दलमा देखिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार बिहान ११ बजे बैठक आह्‌वान गरेका छन् । अविश्वासको प्रस्तावका पक्षधर माधव नेपाल समूह बैठकमा सहभागी हुने भएको छ । हस्ताक्षरकर्ता पार्टी अध्यक्ष ओली पक्षधर आठजना र पूर्वमाओवादी केन्द्रका तीनजना सांसद्हरूले संसदीय दलको विधानको धारा २४ ले नचिन्‍ने मुख्य सचेतक सीता नेपालीले बोलाएको बैठकमा सहभागी नहुने बताएका छन् ।

Argakhachi Cement Island Ad

“दलको नेताले अविश्वासको प्रस्तावमाथि छलफल गर्न भनेर दलको विधानको धारा २४ उल्लेख गरेका छन्,” पूर्वमाओवादी केन्द्र समूहका धर्मराज रेग्मीले बाह्रखरीसँग भने, “दलको नेताको रोहबरमा अविश्वासको प्रस्ताव बुझाएको गुलाबजङ्‍ग शाहलाई हो । अहिले नियुक्त गरेको भनिएको मुख्य सचेतकलाई त होइन । मुख्य सचेतक नेपालीसँग त अविश्वासको प्रस्तावको ओरिजनल कपी पनि छैन । उहाँलाई दलको विधानले चिन्दा पनि चिन्दैन ।”

माधव नेपालसमूहका सातजना माननीयहरू अविश्वासको प्रस्तावबाट फिर्ता भए पनि ११ जना स्पष्ट प्रस्तावको पक्षमा उभिएइ नै रहेको उनको तर्क छ । “मैले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव अरूले फिर्ता लिएर हुँदैन,” उनी आफ्नो तर्कमा उभिँदै भन्छन्, “आठजना सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता लिएनन् भने पनि कायम रहेको बुझिन्छ । कारण, दलको विधानअनुसार एकचौथाइ सांसदहरूले अविश्वासको प्रस्ताव अघि बढाउन सक्छन् ।”

अविश्वासका प्रस्तावकहरूलाई राखेर छलफलको वातावरण बनाउनुपर्ने र जसलाई अविश्वासको प्रस्ताव बुझाएको हो, उनैले बैठक आह्‌वान गर्नुपर्ने रेग्मीको भनाइ छ । अङ्क पुगेन, प्रस्तावको पक्षमा मत देखिएन भने फिर्ता हुन सकिने बताउँदै मुख्यमन्त्रीको पछिल्लो कदमलाई मान्यता दिन नसकिने उनी बताउँछन् ।

“अगाडिको मिति (ब्‍याक डेट) राखेर दलको नेताले मुख्य सचेतक हटाउनुभएको छ । अहिले जसजसले अविश्वासको प्रस्ताव फिर्ता लिनुभयो भनिराख्नुभएको छ, उहाँहरूको पनि प्रस्तावको पक्षमा मत कायमै रहेको देखिन्छ,” रेग्मीको तर्क  छ ।

दलका नेताले आज बैठक बसाउने र अविश्वासको प्रस्ताव अघि बढाउने प्रयत्न गरे दलभित्रको विवाद संसद्‌ प्रवेश गर्ने उनी बताउँछन् । पार्टी अध्यक्षद्वयले काठमाडौं बोलाएर निकास दिन नसक्दा पार्टीको विवाद अब संसद्‌तिर प्रविष्ट हुन लागेको उनी बताउँछन् ।

“३२ जनामध्ये १७-१८ सांसद उहाँहरूको पक्षमा उभिनुभयो भने निर्णय त उहाँहरूको पक्षमा हुन सक्छ,” उनी भन्छन्, “अविश्वासका प्रस्तावका बाँकी प्रस्तावकहरूलाई दलको बैठकमा प्रवेश गर्ने वातावरण नै नबनाएर ढोका थुनिए सदस्यहरू निःसन्देह संसद्‌मा जान्छन् । मैले दलको नेतालाई आजको बैठक रोक्न अनुरोध गरेको छु । दुईजना अध्यक्षको साझा निष्कर्ष नआउँदासम्म बैठक अघि नढाउनुस् भनेको छु ।”

रेग्मीले पार्टी केन्द्रका नेताहरू आजको बैठक रोक्न पहल गर्नुपर्ने नत्र कर्णालीको दल विभाजित हुने बताउँछन् । यसको असर अन्यत्र प्रदेश र पार्टी एकतामै पर्ने उनको निष्कर्ष पनि छ ।

यता मुख्यमन्त्री पक्षधर सांसद विन्दमान विष्टले आज बैठक बस्ने जानकारी दिए । आजको बैठकले यामलाल कँडेल समूहले उठाएको मागकै सम्बोधन हुने उनको भनाइ छ ।

“यामलालजीहरूले सुरुदेखि नै प्रदेश स्वायत्त हो भन्दै आउनुभएको छ,” उनी भन्छन्, “प्रदेशको निर्णय प्रदेशले गर्न पाउनुपर्छ । केन्द्रको हस्तक्षेप हुनुहुँदैन । केन्द्रको हस्तक्षेप भनेको संघीयताको मर्मविपरीत हो भने तर्क गर्दै आउनुभएको छ । यही मान्यता बोकेर उहाँहरू अविश्वासको प्रस्तावको तहसम्म पुग्नुभएको हो ।”

केन्द्रको हस्तक्षेप हुनुहुँदैन भन्ने मागलाई नै सम्बोधन गर्दै प्रदेश संसदीय दलले आफ्नो अधिकार प्रयोग गरेर बैठक आह्‌वान गरेको र छलफल गर्न लागेको उनको भनाइ छ । “त्यहीअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको कुरा प्रदेशमै हल गर । पार्टीमा छलफल गर्नुपर्ने भए त्यहीँको कमिटीमा छलफल गर । दलबाट हल गर्नुपर्ने भए त्यहीँको संसदीय दलबाट हल गर भनेपछि उहाँहरूलाई अनुकूल हुने कुरा हो ।”

आजको बैठक निर्वाध बस्ने र कसैले रोक्ने प्रयत्न गरे त्यो सफल नहुने उनी बताउँछन् ।

नेता नेपाल पक्षका सांसद चन्द्रबहादुर शाहीले पनि आज बैठक बस्ने जानकारी दिए । दलको नेताले बैठक बोलाइसकेपछि र आफ्नो पक्षमा बहुमत सिद्ध गर्न खोजेपछि र विश्वासको मत लिन खोजेपछि सांसदहरू उपस्थित हुनुपर्ने मान्यतामा आफूहरू रहेको उनको भनाइ छ ।

“दलका नेताले बहुमत सिद्ध त गर्न पाउनुपर्‍यो । दलको नेतामाथि अविश्वासको प्रस्ताव आइसकेपछि उहाँले विश्वासको मत लिन त पाउनुपर्‍यो नि,” उनी आफ्नो तर्कमा उभिन्छन्, “आज अरू निर्णय होइन, अविश्वासको प्रस्तावमाथि छलफल गर्ने हो ।” केन्द्रबाट साझा निष्कर्ष दिएर मात्र नपुग्ने उनको मान्यता छ । केन्द्रले साझा निष्कर्ष दिए पनि मुख्यमन्त्री, दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव आइसकेपछि फेस गर्नुपर्ने उनको भनाइ छ ।

“पार्टी अध्यक्ष केपी ओली र प्रचण्डविरुद्ध प्रस्ताव आएको होइन, मुख्यमन्त्रीविरुद्ध प्रस्ताव आएको हो,” उनी भन्छन्, “अतः दलको नेताले बैठक बोलाउन, बसाउन पाउनुपर्छ । विश्वासको मत लिन पाउनुपर्छ ।” शाहीले दलमा अविश्वासको प्रस्तावमाथि आवश्यक मत पुकेन्द्रबाट साझा निष्कर्ष दिएर मात्र नपुग्ने उनको मान्यता छ । केन्द्रले साझा निष्कर्ष दिए पनि मुख्यमन्त्री, दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव आइसकेपछि फेस गर्नुपर्ने उनको भनाइ छ ।

“पार्टी अध्यक्ष केपी ओली र प्रचण्डविरुद्ध प्रस्ताव आएको होइन, मुख्यमन्त्रीविरुद्ध प्रस्ताव आएको हो,” उनी भन्छन्, “अतः दलको नेताले बैठक बोलाउन, बसाउन पाउनुपर्छ । विश्वासको मत लिन पाउनुपर्छ ।”

शाहीले दलमा अविश्वासको प्रस्तावमाथिको छलफल चित्त नबुझे, आफ्नो प्रस्तावमा बहुमत जुटाउन नसक्ने संसद्‌मा जाने बाटो पनि खुला नै रहेको बताए । लोकतान्त्रिक व्यवस्था, संसदीय प्रणाली, विधि पद्धति नै यही भएकाले मुख्यमन्त्रीले त्यहाँ पनि फेस गर्नुपर्ने उनसक्ने उनी बताउँछन् ।

मुख्य सचेतकबाट हटाइएका गुलाबजङ्‍ग शाहले पनि बैठकमा सहभागी नहुने बताए । बहुमत सदस्यहरूले अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछि मुख्यमन्त्री शाहीले दलका नेताको हैसियतले कुनै पनि काम गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ०९:४५
प्रतिक्रिया दिनुहोस्