site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदको लोगो फिर्ता, परिमार्जन गरिने 

काठमाडौं । संघीय संसद् सचिवालयले सांसदहरुका लागि तयार पारेको लोगोको चौतर्फी आलोचना भएपछि फिर्ता पठाइएको छ ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी समस्याहरु देखिएकाले सो को सुधार र परिमार्जनका लागि भदौ २ गते फिर्ता पठाइएको छ । ब्याच पिन तयार पार्ने सो कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ । सचिवालय प्रतीक चिन्हको ब्याच पिनको सम्बन्धमा यसको स्तरीयता र निर्धारित मापदण्डअनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्यमा आवश्यक कार्य गरिरहेको जानकारी गराउँदछ ।”

Argakhachi Cement Island Ad

संघीय संसदको नयाँ प्रतीक चिन्हमा साविकमा प्रयोग भएको प्रतीक चिन्ह रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखिएको छ ।
 

 

 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ११:३६
प्रतिक्रिया दिनुहोस्