site stats
बाह्रखरी :: Baahrakhari
देश
अग्रवालको तेस्रोपटक म्याद थप, १० दिन थुनामै रहने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ । गत चैत २५ गते पक्राउ परेका अग्रवाललाई यसअघि पहिलोपटक ७ र दोस्रोपटक ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको थियो ।

अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । ५ हजार पर्ने गनलाई १५ हजारमा बिक्री गरेको आरोप अग्रवालमाथि छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्