site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोगादिसुमा कार बम विस्फोट, २० भन्दा बढीको मृत्यु

रासस/एएफपी । कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ । 

सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो । विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । 

“भयङ्कर विस्फोटन भएको थियो, २० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइते भएका छन्,” एक जना प्रहरी अधिकृत इब्राहिम मोहम्मदले भने । 

उनले घाइतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताए । 

“मैले २२ ओटा शव त गनेको थिए, ती सवै जना सर्वसाधारण हुन्, अरु ३० भन्दा बढी घाइते भएका छन्,” घटनाको प्रत्यक्षदर्शी एक स्थानीयबासी अहमद मोहलिम वार्सामले भने । 
 
उनले निकै ठूलो दुःखद घटना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिए । 

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १६:४९
प्रतिक्रिया दिनुहोस्