
नयाँ दिल्ली । भारतमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन बढ्न थालेपछि मुख्य सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने केही स्थानमा मोबाइल इन्टरनेट सेवा काटिएको छ ।
शुक्रबार गर्ने भनिएको योजनाबद्ध प्रदर्शन अगावै सुरक्षा व्यवस्था कडा पारिनुका साथै इन्टरनेट कटौती गरिएको हो । डिसेम्बर ११ यता देशभर भएका प्रदर्शनका हिंसात्मक झडपमा २५ जनाको मृत्यु भइसकेको छ । भारतको संघीय संसदबाट पारित भएर राष्ट्रपति रामनाथ कोविन्दले स्वीकृत गरेको कानुन मुस्लिमविरुद्ध भएको भन्दै देशभर विरोध प्रदर्शन भइरहेका छन् ।
हिन्दु राष्ट्रवादी सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ यता अहिलेसम्म सामना गरेको सबभन्दा ठूलो चुनौतीक रुपमा यसलाई व्याख्या गरिएको छ । गत साता शुक्रबार विभिन्न सहरमा हिंसात्मक झडप भएपछि विशेष गरी उत्तरप्रदेशस्थित गिर्जाघरमा प्रार्थना गर्न जाने मुस्लिममा विशेष निगरानी राखिएको छ ।
यस साता थप प्रदर्शन हुने सूचनाका आधारमा उत्तर प्रदेश सरकारले मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाएको राज्य सरकारले जनाएको छ । संघीय राजधानी नयाँ दिल्लीबाट ९० किमिको दूरीमा रहेको मिरुतमा करिब ३ हजारको संख्या प्रहरी परिचालन गरिएको छ । जन गत शुक्रबारभन्दा चार गुणा बढी भएको मिरुत प्रहरी प्रमुखले रोयटर्सलाई जानकारी दिएको छ ।
गत साता उक्त सहरमा कम्तिमा पनि पाँचजनाको मृत्यु भएको थियो । रोयटर्सका अनुसार दंगा नियन्त्रण गाडीहरु अश्रुँ ग्याससहित तयारी अवस्थामा सहरमा खटिएका छन् । त्यसैगरी पानीको फोहरासहित गाडीहरु पनि सहरमा देखिएका छन् ।
मिरुतका विरिष्ठ प्रहरी अधिकारी अजयकुमार सहानीले भने, "सहरमा शान्ति कायम गर्न आफूहरुले स्थानीय राजनीतिक नेताहरु, धार्मिक नेता तथा नागरिक समाजका सदस्यहरुसँग आग्रह गरेका छौं । हामीले अवस्था सामान्य रहने अपेक्षा गरेका छौं ।"
शुक्रबारको प्रार्थनपछि नयाँ दिल्ली, मुम्बइ, कोलकत्ता, अहेमदावाद, बेंगलुरु र चिन्नेइमा हजारौं प्रदर्शनकारी जम्मा हुनसक्ने प्रहरीको अनुमान छ । राेयटर्स