
काठमाडौं । विश्वका विभिन्न भागमा चिडियाखानामा भएका जनावरलाई क्रिसमसको अवसरमा उपहार दिइएको छ । क्रिसमसको क्रममा केही दिन यता उपहार प्राप्त भएपछि ती जनावर पनि रमाएका छन् ।
मानिसले पनि उपहार पाएपछि त्यसलाई खोलेर हेर्ने गर्दछन् । जनावरको हकमा पनि यस्तै हुने रहेछ । क्रिसमसको अवसरमा जनावरलाई सजाएर दिइएका उपहार कसैले तुरुन्तै खोलेको पाइएको छ भने कतिले केही समय लगाएको देखिएको छ ।
बीबीसीले विश्वका विभिन्न भू–भागका चिडियाखानाबाट तयार पारिएका तस्बिर निम्न अनुसार दिएको छ । बीबीसीले यी तस्बिर फ्रान्स, जर्मनी, कोलम्बिया र न्यूजिल्यान्डको चिडिया खानाबाट लिइएको जनाएको छ ।
हेरौं—ं कहाँका कुन जनावरले कसरी उपहार खोलेछन् ?
१. न्यूजील्याण्डको ओराना वाइल्ड लाइफ पार्कमा किया प्यारोट(सुगाको एक प्रजाति)ले क्रिसमस उपहार पाएपछि यसरी खोलेको थियो ।
२.ओरानामा नै आफूलाई मनपर्ने उपहार पाएर गुरिल्लाले यसरी तस्विर खिचायो ।
३.ओरानाकै चितुवाहरु यसरी खोल्दैछन् उपहार ।
४.उत्तर पश्चिम फ्रान्सको ले मेन्सका बाँदरहरु आफ्नो उपहार खोल्दै ।
५. उत्तरी जर्मनीको हैम्बर्गको तिएरपार्क हेगेनबैक चिडियाघरमा हात्तीलाई यसरी उपहार दिइएको थियो ।
६. कोलम्बियाको कैली चिडियाखानामा क्यान्डीको मजा लिँदै एक बाँदर ।
७.कालो जैगुआरका आफ्नो उपहार यसरी हेर्दैछ ।
८.जंगलको राजा सिंह यसरी उपहार खोल्दै ।
९.सान्टा क्लजलाई नियाल्दै एक बाँदर ।