विदेश

कजाकस्तान । शुक्रबार उड्नासाथ कजाकस्तानमा दुर्घटनामा परेको बेक एयरको विमानका केही यात्रुहरु जीवित भएको बिमानस्थल कार्यालयले जनाएको छ । सो विमानमा चालकदल सहित १०० जना रहेका थिए ।
दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसमा ६ जना बालबालिका रहेका बताइएकाे छ ।
रोयटर्सले सो क्षेत्रमा बाक्लो कुहिरो लागेको उल्लेख गरेको छ । विमान दुई तले भवनमाथि खसेको थियो ।
विमानस्थल कार्यालयले दुर्घटनामा केही जीवित भएको जनाए पनि विस्तृत विवरण दिएको छैन । कजाकस्तानका राष्ट्रपति क्वासीम जोमार्ट टोक्वयेभले पीडितका परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् ।
अपडेट: १०० यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना
(बीबीसी)
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६ १०:०४
प्रतिक्रिया दिनुहोस्