site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नागरिकता संशोधन ऐनका विषयमा भारतीय सेना प्रमुखले भने - 'यो नेतृत्व होइन'

नयाँदिल्ली । चाँडै अवकाश हुन लागेका भारतीय सेनाका प्रमुख विपिन राउतले जारी नागरिकता संशोधन ऐनको विरोधमा भइरहेको प्रदर्शनका विषयमा बिहीबारआफ्नो धारणा सार्वजनिक
गरेका छन् । उनले नेताले जनतालाई सही दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।

भारतका विभिन्‍न विश्वविद्यालय र कलेजहरुको अगुवाइमा विरोध प्रदर्शन गर्ने र प्रदर्शनका नाममा हिंसात्मक घटनाहरु गराउनुलाई नेतृत्व भन्‍न नमिल्‍ने उनले बताएका छन् । "नेतृत्व त्यो होइन,
जसले जनतालाई गलत दिशातर्फ लैजाओस् । हामीले हेरिरहेका छौं कि ठूलो संख्यामा विश्वविद्यालय र कलेजहरुले विद्यार्थीलाई प्रदर्शनका लागि उक्साइरहेका छन् । यसलाई नेतृत्व भन्‍न सकिँदैन, सेना प्रमुख राउतले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभिन्‍न निकै चिसो हुने क्षेत्रमा कार्यरत सैनिक जवानले कार्यक्षेत्रमा खेलेको भूमिकाको उनले प्रशंसा गरे । उनले भने, "हामी यहाँ दिल्लीमा चिसोबाट बच्‍न आफैं सुरक्षा खोजिरहेका छौं । सिआचेन तथा अन्य क्षेत्र, जहाँको तापक्रम माइनस १० देखि माइनस ४५ डिग्रीसम्म छ, त्यस्ता क्षेत्रमा खटिएका सैनिक जवानलाई म निकै सम्मान गर्दछु ।" 

बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड गरेको ठिक गरे भन्‍ने लाग्छ भन्‍दै प्रश्‍न गरेका थिए । - डीएनए इन्डिया

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १५:३९
प्रतिक्रिया दिनुहोस्