site stats
बाह्रखरी :: Baahrakhari
विदेश
महाअभियोग प्रकरणबारे ट्रम्पले पठाए सभामुखलाई ६ पेज लामो पत्र

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका छन् । 

आफूले डेमोक्रयाट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो  महाअभियोग अमेरिकाको अढाइ दशकयताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको आरोप लगाएका छन् । सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका छन् । 
६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी छन् । 

ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो ।  ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिएपनि उनले यो प्रक्रियालाई छल्दै आएका छन् ।  पूर्वनिर्धारित कार्यक्रम अनुसार बुधबार( नेपाली समय अनुसार भरे राति) सम्भवतः मतदान हुनेछ । 

पार्टीको लाइनअनुसार सांसदले मत हालेमा डेमोक्र्याट्सको तल्लो सदनमा बहुमत भएकोले प्रस्ताव पारित हुनेछ । त्यसपछि प्रस्ताव माथिल्लो सदनमा जाने र माथिल्लो सदनमा भने ट्रम्प समर्थित रिपब्लिकनकै बहुमत रहेको छ । (बीबीसीबाट)
 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्