site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनसँगको सीमा हेर्दै आएका मनोज भारतको नयाँ प्रधान सेनापति बन्दै

नयाँ दिल्ली । भारतको प्रधान सेनापतिमा लेफ्टीनेन्ट जनरल मनोज मुकुन्द नरभाने नियुक्त हुने भएका छन् । अहिले उनी भारतको सेना उपप्रमुख हुन् । यही डिसेम्बर ३१ मा अहिलेका प्रधान सेनापति बिपिन रावतले अवकाश पाउने भएकाले उनी नयाँ प्रधान सेनापति नियुक्त हुन लागेका हुन् । 

स्रोतका अनुसार उनले जनवरी २०२० देखि भारतको १.३ मिलियन सेनाको नेतृत्व गर्नेछन् । गएको सेप्टेम्बर महिनामा सेनाको उपप्रमुख भएपछि मनोजले इस्टर्न कमाण्डको नेतृत्व गर्दै आएका थिए । उनले पछिल्लो समय भारतको चीनसँगको करिब ४ हजार किमि सीमाको सुरक्षा नेतृत्व गर्दै आएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका उनी पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा पनि विगतमा खटिएका थिए । 

उनले श्रीलंकामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यान्मारको भारतीय दूतावासमा तीनवर्ष डिफेन्स एट्याचीको रुपमा समेत काम गरेका थिए ।  (पीटीआई)

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ०७:२४
प्रतिक्रिया दिनुहोस्