विदेश

ढाका । बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनले भारतसँग अवैध बंगलादेशी नागरिकको सूची दिन आग्रह गरेका छन् ।
मोमेनले जनसत्तासँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘‘हामीले भारतलाई अनुरोध गरेका छौं । भारतमा अवैध रूपमा रहेका बंगलादेशी नागरिकको सूची छ भने त्यो उपलब्ध गराएर ती व्यक्ति हामीलाई फिर्ता ल्याउन दिइयोस् ।’’
भारतमा एनआरसीको सवालमा जवाफ दिँदै मोमेनले बंगलादेश र भारतको सम्बन्ध सामान्य तथा निकै राम्रो रहेको उल्लेख गर्दै यसमा कुनै असर नपर्ने समेत जनाएका छन् । मोमेनले व्यस्त कार्यक्रमको हवाला दिँदै भारतको भ्रमण गएको बिहीबार रद्द गरेका थिए ।
(बीबीसी)
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६ १२:२८
प्रतिक्रिया दिनुहोस्