site stats
बाह्रखरी :: Baahrakhari
देश
घट्टेकुलोमा बम नै विस्फोट भएको प्रहरी पुष्टि, घाइते विप्लवका विद्यार्थी नेता 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा भएको विस्फोट बम नै भएको प्रहरीले पुष्टि गरेको छ । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बाह्रखरीलाई दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानबाट सिलिण्डर नभइ विस्फोटक पदार्थ नै भएको पुष्टि गरे । उनले विस्फोटमा परी घाइते भएका रवीन केसी विप्लव समूहका विद्यार्थी नेता भएको बताए ।

केसी विप्लव निकट अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष पनि हुन् । एसपी सिंहले भोलि विप्लव समूहले गरेको नेपाल बन्दलाई लक्षित गरेर बम बनाउँदा बनाउँदै विस्फोट भएको हुन सक्ने आशंका व्यक्त गरे । घटनास्थलबाट विप्लव समूहका विभिन्न पर्चा पनि भेटिएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्