site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नेपाल लोक स्टार’को मेगा अडिसन वैशाख २० बाट

काठमाडौं । प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा अडिसनमा सहभागिता जनाउने छन् । 

एपीवान एचडी टेलिभिजनको स्टुडियोमा हुने मेगा अडिसनको सात भाग १० दिनमा छायांकन गरिने आयोजक चाहना मिडियाका अध्यक्ष सहदेब कोइरालाले जानकारी दिए ।   

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसनमा चार जना निर्णायक जयनन्द लामा, रामजी खाँड, बीबी अनुरागी र सुनिता दुलालसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने अध्यक्ष कोइरालाले जानकारी दिए । 

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रमको ३१ औं श्रृखंला फाइन हुनेछ । 

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् ।  आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:४९
प्रतिक्रिया दिनुहोस्