site stats
बाह्रखरी :: Baahrakhari
साहित्य

काठमाडौं । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले अघिल्ला वर्ष झैं यस वर्ष पनि साहित्य, कला, संगीतका क्षेत्रमा क्रियाशील विशिष्ट स्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । साहित्यकला मन्दिरले स्रष्टा सम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा स्रष्टा सम्मानको रजत वर्षसमेत मनाउने निर्णय गरेको छ । 

मन्दिरले सर्जक–कलाकारहरूको सम्मानमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानहरूका अतिरिक्त यस वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान– गोपालप्रसाद रिमाल काव्यसम्मान पनि सुरु गरिएको जानकारी गराएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकला मन्दिरले यस वर्ष आख्यानकार पद्मावती सिंहलाई  गङ्गादेवी चौधरी स्मृति सम्मान, अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रितलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान, वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वती सम्मान, लोक तथा आधुनिक संगीतका प्रसिद्ध साधक गणेश रसिकलाई नारायणगोपाल संगीत सम्मान, नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धरलाई अरनिको ललितकला सम्मान, रंगमञ्च क्षेत्रकी विशिष्ट अभिनेत्री भुवन थापा चन्दलाई बालकृष्ण सम रंग सम्मान, वरिष्ठ कवि दिनेश अधिकारीलाई गोपालप्रसाद रिमाल काव्य सम्मान तथा फरक क्षमता भएकी सृष्टि केसीलाई नेपाल नवप्रतिभा सम्मानद्वारा  सम्मानित गर्ने निर्णय गरेको छ । 

यी सम्मानहरुमध्ये गंगादेवी चौधरी स्मृति सम्मानका लागि नगद रु. १ लाख १ रुपैयाँका साथै प्रशस्ति–पत्र र अन्य प्रत्येक सम्मानका लागि रु. ५१ हजार नगदका साथै प्रशस्ति–पत्र रहेको छ ।  उक्त सम्मानहरू साहित्यकला मन्दिद्वारा यही बैशाख २७ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिने कला मन्दिरद्वारा प्रेसित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:०३
प्रतिक्रिया दिनुहोस्